Incident Reports

सशस्त्र प्रहरी जवानको हत्या

2017-08-23

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 6

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक सशस्त्र प्रहरी जवानको बुधवारराति हत्या भएको छ । सशस्त्र प्रहरी भन्सार गुल्म गड्डाचौकीमा कार्यरत २४ वर्षीय सशस्त्र प्रहरी जवान नरबहादुर कुँवरको हत्या भएको हो । भीमदत्त नगरपालिका ६ ऐठपुर नहर नजिकै ढुङ्गाले टाउँको थिचेर उनको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । सशस्त्र प्रहरी भन्सार गुल्ममा कार्यरत प्रहरी जवान कुँवर बुधबार बेलुका ६ बजे कार्यालयबाट घर जान भनी हिडेका थिए । बिहीबार हरितालिका तीज भएको र श्रीमती समेत घर आएकाले उनी बुधबार बेलुका नै कार्यालयबाट घर जाने भनि हिडेका थिए । उनकी श्रीमतीसमेत सशस्त्र प्रहरीमै कार्यरत रहेकी छिन् । उनी सशस्त्रको अत्तरियास्थित वैद्यनाथ बाहिनीमा कार्यरत छिन् । घटनास्थलमा उनको म २ प ६२३ नम्बरको मोटरसाइकल, पर्स, सवारीको कागजात सहित परिचयपत्र समेत फेला परेको छ । शव भन्दा २५÷३० मिटरको टाढा उनको मोटरसाइकल पल्टिएको अवस्थामा भेटिएको छ भने पर्स सहितका कागजात नहरमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । ‘घटनाको प्रकृति हेर्दा ढुङ्गाले थिचेर हत्या गरिएको देखिन्छ’ उनले भने,‘ उनको किन र कसले हत्या गरेको हो भन्ने बारे छिट्टै तथ्य खुल्ने छ' ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Local Newspaper - Kanchanpur , Local Newspaper - Rautahat , Local Newspaper - Kailali

0 Comments

Related Reports