Incident Reports

खुकुरी प्रहार गरी पत्नीको हत्या l

2013-06-10

Adarsha KC रूकुम । ०७० जेठ २८ गते नुवाकोट गाविस-८ नाख्लाका का ४२ वर्षीय भिमलाल ओलीले जेठ २७ गते राति पत्नी ४२ वर्षीया पवित्रा केसीलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार राति करिव १ बजेको समयमा सुतिरहेकी पत्नीलाई ओलीले हत्या गरेका हुन् । उनले दुई छोरा र एक छोरीलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते हुनेमा १० वर्षीय प्रेम, १५ वर्षीय तुलसी र १८ वर्षीया छोरी विमला रहेका छन् । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । घाइतेमध्ये दुबै छोराको अवस्था गम्भीर रहेको छ । घटनापश्चात् फरार रहेका ओलीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ओमहादुर कुवरले जानकारी दिए । घटना के कारणले भएको हो भन्ने अझै नखुलेको तर घरायसी विवाद हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आदर्श केसी

0 Comments

Related Reports
Related Trend Analysis