Incident Reports

हत्या आरोपमा श्रीमान् र सासु पक्राउ

2017-08-25

Province 1, Jhapa, Kankai, Ward 3

बुहारीको हत्या आरोपमा झापाको सुरुङ्गाबाट शुक्रबार बिहान प्रहरीले श्रीमान् र सासुलाई नियन्त्रणमा लिएको छ । पाँचथर घर भई कनकाई नगरपालिका ३ मा डेरा गरी बस्ने सविन माझी र उनकी आमा शारदा माझीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको हो । २० वर्षीया सविना माझीको हत्या आरोपमा मृतकका श्रीमान् र सासुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ५ बजेतिर शर्मिलालाई घरछेउको बकाइनोको रुखमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा स्थानीयले देखेका थिए । प्रहरीका अनुसार शर्मिलाको घाँटीमा सलको पासो भए पनि उनको शरीर भुइँमा बसेको अवस्थामा थियो । साथै, शर्मिलाको शरीरमा कुटपिटको चोट र रगतसमेत रहेकोले उनको आत्महत्या नभई हत्या भएको स्थानीयको दाबी छ । घटनास्थलमा पुगेका स्थानीयले शर्मिलाको हत्या गरेको भन्दै उनका श्रीमान् र सासुमाथि आक्रमण गर्ने प्रयास समेत गरेका थिए । तत्कालै पुगेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । घटना रहस्यमय भए पनि हत्या वा आत्महत्या पोस्टमार्टमको रिपोर्टपछि मात्रै खुल्ने विर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Morang , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa

0 Comments