Incident Reports

मानव बेचबिखन घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता(updated)

2017-08-21

कुवेत पठाउने बहानामा दुई किशोरीलाई १२ दिनसम्म बन्धक बनाइएको भन्दै प्रहरीले इलामका गर्जमान राई र इटहरीकी आशा गुरुङलाई पक्राउ गरेको छ । गत भदौ ३ मा पक्राउ परेका दुवैजनालाई जिल्ला कार्यालयले म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । फाकफोकथुम गाउँपालिकाका ती किशोरीले आफूहरूलाई कुवेत लैजाने भन्दै काठमाडौं र इटहरीमा बन्धक बनाएको उजुरी दिएका थिए । काठमाडौं चावहिलको एउटा होटलमा १० दिन र इटहरीको अर्को एक घरमा २ दिन बन्धक बनाएको ती किशोरीले बताए । प्रहरीले उनीहरूलाई भदौ ३ मा इटहरीबाट उद्धार गरी घटनामा संलग्न राई र गुरुङलाई सोही दिन पक्राउ गरेको जिल्ला प्रहरीका एसपी विपिन कर्माचार्यले बताए ।

0 Comments