Incident Reports

Tension in Birgunj as two RJPN groups clash over candidature

2017-08-25

Madhes, Parsa, Birgunj

Mayoral aspirants of two groups have clashed in Birgunj two days after Rastriya Janata Party Nepal (RJPN) decided to take part in the third phase of local elections. The clashes took place at a program participated by observers and leaders of various levels held at Kumu Palace Hotel. The cadres of both the groups shouted slogans after clashes, disrupting the gathering. The gathering was called to select the candidates for local levels including Birgunj Metropolitan City. Two groups - one led by Bimal Shreewastav and the other by Rajeshman – clashed with each other in front of central vice chairman of the party and observer Bijaya Gupta. The cadres of both the groups started shouting slogans as soon as a rally led by central general secretary Rajesh Man Singh reached the spot. There was a rivalry between Shreewastav and Singh over who would get the ticket of mayoral candidate of Birgunj Metropolitan City. स्थानीय चुनावमा जाने राष्ट्रिय जनता पार्टीले घोषणा गरेको दोस्रो दिन वीरगञ्जमा मेयरका आकांक्षी दुई नेताका समूहबीच झडप भएको छ । वीरगञ्ज महानगरपालिका लगायत विभिन्न स्थानीय तहका उम्मेदवार छनोटको लागि स्थानीय कुमुप्यालेस होटेलमा आयोजित छलफल कार्यक्रमका पर्यवेक्षक अगाडि नै शुक्रबार झडप भएको हो । झडपपछि छलफल बिथोलिएको थियो भने दुबै पक्षका कायकर्ताहरूले नाराबाजी सुरु गरे। केन्द्रबाट आएका केन्द्रीय उपाध्यक्ष पर्यवेक्षक विजय गुप्ता अगाडि नै मेयर आकाँक्षी विमल श्रीवास्तव र राजेशमान समूह बीच झडप भएको हो । कार्यक्रमको सुरुमै केन्द्रीय महासचिव राजेशमान सिहं (श्रेष्ठ)को नेतृत्वमा आएको जुलुस कार्यक्रम स्थलमा पुगेपछि माहासचिव विमल श्रीवास्तव तथा सिंहको पक्षमा दुबैका समर्थकले नारावाजी सुरु गरेका थिए । चर्का नाराबाजी भइरहदा दुबै पक्षका कार्यकताबीच धकेलाधेकली र समान्य झडप समेत भएको एक सहभागी ले बताए । वीरगञ्जको मेयर पदका उम्मेदवार बन्न राजपाले चुनावमा जाने घोषणा गर्नु अगावैदेखि आकांक्षी रहेको र बेग्लाबेग्लै कार्यक्रमहरू गर्दै आएका श्रीवास्तव र सिंहबीच अहिले टिकट पाउन द्वन्द्व चलिरहेको छ । केहीदिन यता पार्टीभित्र ठूलो ध्रुविकरण भइरहेको राजपा नेताहरू बताउँछन् । कार्यक्रम स्थालमै नाराबाजी हुन थालेपछि कार्यक्रमलाई स्थगित गरी दुवै समूहसँग पर्यवेक्षक गुप्ताले छुट्टाछुट्टै भेटघाट गर्न लागेको छलफलमा सहभागीले बताए । ‘जिल्लाका नेता, यहाँ रहेका केन्द्रीय नेताहरू र जनवर्गीय संगठनहरूको समेत बैठक राखिएको थियो वीरगञ्ज माहानगर, पोखरिया नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीहरूको पहिचान गर्न यो पहिलो भेला राखिएको थियो,’ राजपाका अर्का माहासचिव शिव पटेलले भने, ‘भीड ज्यादै थियो, दुई समूहबीच नाराबाजीले परिस्थिति असहज भएपछि छलफल अगाडि बढ्न सकेन ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments