Incident Reports

ताहचलको ग्याङफाइटमा एकको मृत्यु, पाँच घाइते [Updated]

2017-08-25

Bagmati, Kathmandu, Kathmandu, Ward 13

कर्तव्य गरी ज्यान मारी फरार रहेका ललितपुर, बागडोल बस्ने काभ्रेको दोलालघाट–९ सापिङका २४ वर्षीय सागर सुवेदीलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँबाट बिहीबार पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित सोल्टी होटल पछाडिको सडकमा बाफल बस्ने राजु श्रेष्ठलाई यही भदौ ८ गते धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा १० गते मृत्यु भएको घटनामा संलग्न सुबेदी हालसम्म फरार रहेका थिए । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उक्त महाशाखाले महानगरीय प्रहरी वृत्त कालीमाटी पठाएको छ । सोल्टीमोडस्थित बैदेशिक रोजगार विभागमा बैदेशिक रोजगारको लागि जानु पूर्व लिनुपर्ने श्रम स्वीकृती निकाल्ने विचौलिया तथा दलालहरूका दुई भिन्न सहयोगीहरू राजु श्रेष्ठ तथा सागर सुवेदीको समूह विचको पुरानो विवादले गर्दा घटना घटेको खुल्न आएको सो महाशाखाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 5
National/Online Media , Police website

0 Comments

Related Reports