Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-08-28

Lumbini, Nawalparasi West, Sarawal, Ward 3

बहुविवाह गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका-३ सरावलका ३२ वर्षीय दयानन्द चौधरी र रुपन्देही जिल्ला बुटवल नपा-७ की ३५ वर्षीया चौतारियादेवी थारुलाई भदौ ११ गते गिरफ्तार गरेको छ । ३० वर्षीया मिनाकुमारी थारुले आफू घरमा हुँदाहुँदै आरोपित दयानन्दले चौतारियादेवीसँग बहुविवाह गरेको आरोपसहित भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितद्वयले गत साउन १९ गते बहुविवाह गरेकोले न्यायको माग गर्दै प्रहरीमा उजुरी दिइएको पीडित महिलाले जानकारी दिएकी छन् ।

0 Comments