Incident Reports

इन्सेकद्वारा न्यायका लागि पहल l

2013-06-12

Rajendra Thagunn डडेल्धुरा । ०७० जेठ २९ गते भागेश्वर निमावि सतिगाँउका प्रधानाध्यापक विष्णुराज चटौतले जेठ २३ गते अभद्र व्यवहार गरेको भन्दै सोही विद्यालयकी शिक्षिका देवकी भट्ट (चटौत) ले जेठ २९ गते इन्सेक जिल्ला कार्यालय, डडेल्धुरालाई न्यायका लागि पहल गरिदिन निवेदन दिएकी छिन् । इन्सेक जिल्ला प्रतिनिधि राजेन्द्र ठगुन्नाले तत्काल घटनाको बारेमा निमित्त जिल्ला शिक्षा अधिकारी बसन्तकुमार खत्रीलाई जानकारी गराएपछि असार ४ गते आरोपित प्रधानाध्यापक चटौतसहितको सर्वपक्षीय बैठक बोलाउने निमिक्त जिल्ला शिक्षा अधिकारीले प्रतिबद्धता जाहेर गरेका छन् । प्रधानध्यापक चटौतले अपशब्द प्रयोग गरी गालिगलौज गरेको र विद्यालयको कार्यालयभित्रै हातपात गरेको पीडित शिक्षिकाले निवेदनमा उल्लेख गरेकी छिन् । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis