Incident Reports

प्रहरीबाटै दुव्र्यवहार

2017-09-02

मदिरा सेवन गरेका प्रहरी जवान राति महिला सुतेको कोठामा पसेपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयले कारबाहीको माग गर्दै शनिबार वडा प्रहरी कार्यालयमा धर्ना दिए । प्रहरी जवान पदम साउद मदिरा सेवन गरी शुक्रबार राति १२ बजे महिला सुतिरहेको कोठामा पसेका थिए । एक्कासि कोठामा पुरुषलाई देखेकी महिलाले चोर आयो भन्दै होहल्ला गरेकी थिइन् । हल्लापछि साउद भागेको स्थानीय लोकेन्द्र खड्काले बताए । अनैतिक व्यवहार देखाउने प्रहरी जवानमाथि कारबाहीको माग गर्दै स्थानीयवासीले सदरमुकाम चैनपुरमा प्रदर्शन गर्नुका साथै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएका छन् । दोषी प्रहरीलाई विभागीय कारबाही गरिने डीएसपी ऋषिराज कँडेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments