Incident Reports

कुटोले हिर्काएर युवकको हत्या (updated0

2017-09-02

Lumbini, Palpa, Rampur, Ward 4

रामपुर नगरपालिका–१, का ओमबहादुर खाँणको हत्या आरोपी तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । भदौ १७ गते बेलुकी रामपुर नगरपालिका–४ बस्ने खाँडको हत्या भएको थियो । प्रहरी नायव उपरीक्षक रमेश पण्डीतले पूर्व रिसिवीको कारण खाँडको हत्या भएको प्रारम्भिक प्रतिवेदन देखिएको बताए। उनी भन्छन्, ‘हत्याको अभियोग लागेका अभियुक्तहरु वाणगंगा नगरपालिका–११ कपिलवस्तुका कृष्णकमल चौधरी, रामपुर–४ की गंगी थापा र सोही स्थान बस्दै आएकी निस्दी गाउँपालिकाकी गुनकेशरी दर्लामी पक्राउ परेका छन्। उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भैरहेको छ।’ रामपुर देविस्थान डेरामा बस्दै आएका ओमबहादुर खाँडलाई सोही स्थान बस्दै आएका पेन्टर काम गर्ने २९ वर्षीय चौधरीले घरेलु हातहतियार गैतीले टाउकोमा प्रहार गरि फरार भएको बताईएको छ। उनलाई प्रहरीले घटनाको भोलिपल्ट रम्भा गाउँपालिका–१, हुँगीमा पक्राउ गरेको थियो। घटनामा संलग्न अभियुक्तहरुको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Rautahat , Local Newspaper - Kaski

0 Comments

Related Reports