Incident Reports

हिरासतमा यातना दिएको भन्दै उजुरी l

2013-06-13

Naresh Bhandari गुल्मी । ०७० जेठ ३० गते मरभूङ्ग गाविस-१ धैरेनीका ३० वर्षीय गुनाराम गिरीलाई स्थानीय कृष्ण अर्यालको नौ तोला सुन चोरेको अभियोगमा गिरफ्तार गरी मरभुङ्ग प्रहरी चौकीले शारीरिक यातना दिएको भन्दै जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । चौकीका असई कृष्णबहादुर नेपालीले अभियोग बकाउने भन्दै ०७० जेठ २८ गते हिरासतमा लिई राति १० बजे देखि १ बजेसम्म घाँटीमा समाएर बाँसको भाटाले पैताला, फिला र तिघ्रामा हान्नुको साथै सिस्नोपानी लगाएर यातना दिएको पीडितको निवेदनमा उल्लेख छ । प्रहरीले पीडितलाई सुन चोरीको विषयमा ०७० जेठ चार गते पाल्पाको गल्याङ्गबाट पक्राउ गरी जिप्रका गूल्मीमा चार दिनसम्म गैर कानुनी हिरासतमा राखी ०६९ जेठ ७ गते प्रमाण नपुगेको भन्दै पीडितका दाजु कृष्ण गिरीको जिम्मामा छाडेको थियो । कुटपिटबाट घाइते भएका गिरीलाई ०७० जेठ २९ गते बिहान स्थानीय सीता मेडिकलमा उपचार गराई दिउसो छाडेपछि न्याय खोज्दै मानवधिकारकर्मी समक्ष आएको पीडितले बताए । घटना सम्बन्धमा इन्स्पेक्टर राजेन्द्र श्रेष्ठले तत्काल पीडितको घाजाँच केस फाराम गराई उपचार गर्ने र दोसी प्रहरी कर्मचारीलाई विभागिय कारवाही हुने जानकारी दिए । घटना सम्बन्धमा डेलिकेसन गएको इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसाल, प्रतिनिधि नरेश भण्डारी, नागरिक समाजका गणेश विक, पत्रकार प्रेम सुनारसहितको टोलीसंग डगीएसपी गुरुविष्णु काफ्लेले दोषी देखिएका असई कृष्णबहादुर नेपालीलाई फिर्ता बोलाईसकिएको र विभायीय कारवाहीको लागि प्रकृया अगाडि बडाउने प्रतिवद्धता जनाए । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis