Incident Reports

विप्लवका कार्यकर्ताले माओवादी केन्द्रको कार्यालय कब्जा गर्‍यो

2017-09-05

Gandaki, Parbat, Kushma

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा पर्वतले माओवादी केन्द्र र वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको कार्यालय रहेको भवन कब्जा गरेको छ। मंगलबार साँझ (केहिबेर अघि) आएको विप्लव माओवादीका कार्यकर्ताहरुको टोलीले माओवादी केन्द्र पर्वतको कार्यालय कब्जा गरेको हो।नेपाल कम्युनिष्ट पार्टीले 'यो कार्यालय बिक्रि गर्न पाईने छैन' भन्दै पार्टी कार्यालयमा भित्तेलेखन समेत गरेको छ। नेपाल कम्युनिष्ट पार्टीका धौलागिरी व्युरो ईन्चार्ज ध्रुव घिमिरे 'विप्लव' को नेतृत्वमा गएको नेकपाको समुहले भित्तेलेखन गर्नुका साथै पार्टी कार्यालय कब्जामा लिएको घोषणा गरेको हो। पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार स्थित लभ्लीडाँडामा रहेको सो पार्टी कार्यालयमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रुपमा प्रयोग गर्दै आएका छन्। उक्त पार्टी कार्यालयको भवन र भवन रहेको जग्गा संस्थागत नभई व्यक्तिको नाममा भएको भन्दै नेकपाले भित्तेलेखन गरेको हो। उक्त पार्टी कार्यालयलाई जनताको नाममा ल्याउन समेत विप्लव माओवादीले आग्रह गरेको छ। विगतमा पार्टी एउटै रहने बेला सवैको श्रम र लगानीमा बनेको पार्टी कार्यालय विक्रि गर्ने र निजिकरण गर्ने प्रयास भएको भन्दै आफ्नो पार्टीले भित्तेलेखन सहित कब्जा गरेको व्यूरो इन्चार्ज घिमिरेले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org CPN-M (Baidya)
Actor 2 - Youth na
National/Online Media

0 Comments