Incident Reports

बहुविवाहको उजुरी दिएको आरोपमा पीडित पक्षलाई मार्ने धम्की l

2013-06-14

Sur Bahadur Pariyar कैलाली । ०७० जेठ ३० गते मालाखेती गाविस-३ की २४ वर्षीया निर्मला वादीले पति २७ वर्षीय प्रकाश वादीका विरुद्धमा जिल्ला प्रहरी कार्यालय, कैलाली बहुविवाहसम्बन्धी उजुरी दिएको आरोपमा सोही ठाउँका विक्रम वादीले मुद्दा फिर्ता नलिए मार्ने धम्की दिएका छन् । गाँउ घरमा रहेका साना तीना समस्यामा प्रहरी प्रशासनमा खबर तथा उजुरी दिएको आरोपमा प्रकाश वादीका आफन्त विक्रम वादी र शंकर सुनारले मुद्दा फिर्ता नलिए पीडित निर्मला र उनकी आमा मिठु वादीलाई मार्ने धम्की दिएको भन्दै पीडितले दलित संघ संस्थामा निवेदन दिएकी छन् । बहुविवाहसम्बन्धी उजुरी दिएको आरोपमा छिमेकी शंकर सुनार घरको मिटर बक्सबाट लिएको विद्युत लाइन समेत काटेको र घरबाट मुल बाटोमा निस्किने बाटो शिशा फुटाएर अवरोध गरेको पीडितले बताएका छन् । घटनाका बारेमा इन्सेकलाई जानकारी दिएपछि इन्सेक धनगढीले स्थानिय इलाका प्रहरी मालाखेती र सामाजिक मेलमिलाप केन्द्र मालाखेतीमा निवेदन दिन सुझाव दिएको छ । निर्मला वादीले जेठ २६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा पति प्रकाश वादी र कान्छी पत्नि सरस्वती वादीका विरुद्धमा बहुविवाहमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा प्रकाश वादीलाई जेठ २७ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय, कैलालीका हिरासतमा राखी अनुसन्धान भइरहेको छ । पीडित महिला हाल माइती घरमा बस्दै आएकी छन् । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis