Incident Reports

पाँच महिनाको अवधिमा १४ बालश्रमिकको उद्धार l

2013-06-13

Kokila Dahal इलाम । ०७० जेठ ३० गते जिल्ला बाल कल्याण समिति इलामले ०६९ माघ यता १४ जना बाल श्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाएको छ । समितिले पाँच महिनाको अवधिमा सदरमुकामसहित अन्य बजारहरू फिक्कल, मंगलबारेबाट पटक-पटक गरी यसअघि १० जना श्रमिक बालबालिकाको उद्धार गरेको थियो । यस्तै जेठ २९ गते इलाम सदरमुकामबाट उद्धार गरिएका चार जना बालबालिकालाई जेठ ३० गते परिवारको जिम्मा लगाइएको छ । बालश्रमिकको रुपमा काम गदै आएका इलाम मंगलवारेका कृष्ण सुनाम, पाँचथर घर भएका मुकेश शिवा, झापाका निसा दनुवार र सिरहाका रबिना मल्लिकलाई परिवारको जिम्मा लगाइएको जिल्ला बाल कल्याण समिति इलामले जनाएको छ । उद्धार गरिएका बालबालिका १० देखि १४ वर्षका रहेका छन् । उनीहरूलाई उनीहरूको इच्छा अनुसार पढाउने सर्तमा परिवारलाई बुझाइएको जिल्ला बाल कल्याण अधिकृत अजित योञ्जनले जानकारी दिए । कोकिला ढकाल

0 Comments