Incident Reports

हिरासतमा १४ वर्षीय बालकको मृत्यु रहस्यमय

2017-09-07

Bagmati, Dolakha, Bhimeshwor

 प्रहरी हिरासतमा रहेकै बेला एक बालकको मृत्यु भएको घटना रहस्यमय बन्दै गएको छ । बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय चरीकोटबाटै भीमेश्वर नगरपालिका वडा नम्वर ५ धरामघर भएका १४ वर्षीय बालक रवि केशीलाई उपचारको लागि राजधानी लैजाने क्रममा मृत्यु भएको घटना थप रहस्यमय बन्दै गएको हो । प्रहरीले सामान्य घटनालाई मिडियामा तत्कालै सार्वजनिक गर्ने गरिएपनि यो घटनाको विषयमा भने केही जानकारी दिएको छैन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले मृतकको उमेर १८ बर्ष भएको भनेपनि उनका आफ्न्तहरुले भने मृतकको उमेर १४ बर्ष मात्र रहेको बताएका छन् । प्रहरीले १९ गते चोरीको आरोपमा मृतक बालकलाई पक्राउ गरेको बताएपनि उनका आफ्न्तहरुले भने १८ गते नै पक्राउ गरेको जनाएका छन् । पक्राउ परेका बालकले बिहीबार बिहान पेट दुख्यो भने पछि प्रस्तावित चरीकोट अस्पतालमा उपचारका लागि लगिएको र उपचार सम्भव नभएपछि उपचारका लागि आफ्न्तलाई जिम्मा लगाएर राजधानी पठाएको प्रहरीको भनाई छ । यस विषयमा प्रस्तावित चरीकोट अस्पतालमा यस विषयमा जानकारी लिन खोज्दा मेडिकल डाइरेक्टर विनोद दङ्गाल टेलिफोन सम्पर्कमा आउन चाहेका छैनन् । यता मृतकका बुबा धुव्र केसीले आफ्नो छोरा प्रहरीकै यातानाकै कारण मृत्यु भएको बताए । उनले बिरामी छोराको विषयमा केही दिन अघि नै जानकारी दिएर आफूहरुलाई जिम्मा दिएको भए राम्रो अस्पतालमा उपचार गराएर छोरालाई बचाउन सकिने बताए । मृतकका मामा रामकृष्ण कार्कीले १६ बर्ष मुनिका बालबालिकालाई प्रहरी हिरासतमा राख्न नमिल्ने कानुनलाई उल्घन गर्दै प्रहरीले बालकलाई यातना दिएर मारेको आरोप लगाउदै उचित छानविनको लागि प्रशासनसँग माग गरेका छन् । उनले मृतक बालक सुस्त रहेको बताउदै गल्ती नै गरेको भएपनि सम्झाईबुझाई गर्नुपर्नेमा ज्यान नै लिएको बताउदै दोषि प्रहरीलाई कारवाही गर्न र आवश्यक क्षतिपूर्तिको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापालाई सुक्रबार ज्ञापनपत्र बुझाउदै मृतकका आफ्न्तहरुले घटनाको उचित छानविनको लागि माग गरेका हुन् । यस्तै मृतकका मामा एवंम उपचार गर्न लैजाने धुव्र कार्कीले बिहीबार बिहान ८ बजेतिर प्रहरी कार्यालयबाट फोन गरेर तपाईको भान्छा सिकिस्त बिरामी छ,उपचारको लागि राजधानी लैजानु पर्‍यो तपाई आउनुस भने पनि आफु प्रहरीकै मोटरसाइलमा प्रहरी कार्यालयमा आइपुगेको बताए । प्रहरी कार्यालयमा आइपुग्दा भान्जालाई एम्बुलेन्समा राखेर सलाइनपानी दिइरहेको अवस्थामा फेला पारेको र प्रहरीले केही कागजमा हस्ताक्षर गर्न लगाएको बताए । हस्ताक्षरपछि डाक्टरसहित आफूले राजधानी लैजादैँ गर्दा रामेछापको मिल्तीखोलामा पुगेपछि मृत्यु भएको जानकारी दिए । उनले मृतकको मुखबाट फिज आएको बताए पनि के कारणले आयो भन्ने विषयमा भने आफु अनविज्ञ रहेको बताए । यस्तै स्थानीय जनप्रतिनिधि रुपा शाही भुजेलले बालक पक्राउ परेको खवर सुनेपछि २० गते भेटन् आउने क्रममा बिरामी रैछ म बुझेर लैजान्छु भन्दा पनि प्रहरीले नपठाएको बताए । उनले बालकलाई भेट्दा बालकको आखाँ र गाला सुन्निएको अवस्थामा देखेपछि प्रहरी निरीक्षक प्रधानलाई घाममा राख्न आग्रह गर्दा प्रधानले तपाइको मान्छेलाई घाममा मात्र हैन, तेल पनि लगाई दिन्छौ भनेर जवाफ फर्काएको गुनासो गरिन् । यता नेपाल बार एसोसिएसन दोलखाका शाखाका अध्यक्ष सरोज उप्रेतीले १६ बर्ष भन्दा मुनिका बालबालिकालाई हिरासतमा राख्नु कानुन विपरित भएको बताए । उनले गम्भीर अपराध गरेको बालबालिका भएको खण्डमा उनीहरुलाई राख्नको लागि छुट्टै ठाउँको व्यवस्था हुनुपर्ने र सिविल ड्रेस लगाएका प्रहरीले मात्र सोधपुछ गर्नुपर्ने प्रावधान कानुनमा रहेको जानकारी दिए । यसैबीच प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले घटनाको विषयमा सरकारी वकिलसँग छलफल गरी छानविन प्रक्रिया अगाडी बढाउने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence during arrest/detention
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments