Incident Reports

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

2017-09-11

Madhes, Parsa, Birgunj

वीरगन्जको रामटोलबाट मोटरसाइकल चेकजाँचको क्रममा एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोलीसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। भारत बिहारको रक्सौल नगरपञ्चायत मौजे टोला घर भएका महमद सम्शेरले चलाएको बिआर २२ एम ३६६३ नम्बर मोटरसाइकलबाट शनिबार राति १० बजे उक्त हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका सम्शेर यसअघि वीरगन्ज क्षेत्रमा बिभिन्न अपराधिक घट्नामा संलग्न ब्यक्ति हुन्। वीरगन्जमा दशैतिहारको मौकामा लुटपाट गर्ने मनसायले हतियार लिएर उनी पसेको प्रहरीले आशंका गरेको छ। २०६८ असार १४ मा वीरगन्ज माइस्थानस्थित अलंकार ज्वेलर्स भन्ने गहनापसलमा सात जनाको समूहमा आइ लुट्ने प्रयास गरी रहँदा पक्राउ परेका ४ जनामध्ये उनी पनि एक हुन्। सो मुद्दामा हातहतियार तथा खरखजना ऐन अनुसार पर्सा जिल्ला अदालतबाट २०६८ साउन १९ मा ४ बर्ष जेल सजाय पाएका सम्शेर डेढ बर्ष अगाडी कारागारबाट बाहिरिएका हुन् । वीरगन्जमा बेलाबेलामा सीमापारीका अपराधिक गिरोहरुले आतंक फैलाउने र अपराधिक घट्ना गर्ने गरेका छन्।
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments