Incident Reports

गिटीढुंगा उठाउन नपाएपछि ट्र्याक्टर व्यवसायी आन्दोलित

2017-09-10

नवलपुर क्षेत्रका ट्र्याक्टर व्यवसायी आन्दोलित भएका छन् । खोलाबाट गिटीढुंगा उठाउन नपाएपछि व्यवसाय धरापमा परेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । खोला ठेक्कामा लगाउन प्रशासनलाई दबाब दिने उद्देश्यले आन्दोलन सुरु गरेको नवलपुर ट्र्याक्टर समितिका अध्यक्ष शिव गिरीले बताए । व्यवसायीले आइतबार कावासोती नगरपालिकाको केरुंगेखोलाबाट विरोधस्वरूप ट्र्याक्टर र्‍याली निकालेका थिए । र्‍यालीमा कावासोतीका सयभन्दा बढी ट्र्याक्टर सहभागी थिए । पुरानो कावासोतीबाट निस्केको र्‍याली नयाँगाउँमा पुगी कोणसभामा परिणत भएको थियो । दलदलेका ट्र्याक्टर व्यवसायीले पनि प्रशासनको विरोध गर्दै र्‍याली निकालेका छन् । सोमबारबाट लगातार नवलपुरका अमरापुरी, गैँडाकोट, चोरमारा, अरुणखोला दुम्कीवासलगायत स्थानका ट्र्याक्टर व्यवसायीले विरोध र्‍याली निकाल्ने अध्यक्ष गिरीले बताए । व्यवसायीले टेन्डरमार्फत तत्काल खोलालाई ठेक्कामा लगाएर नदीजन्य वस्तु निकासी गर्न माग गरेका छन् । सरकारसँग पटक–पटक खोला तथा नदीजन्य वस्तु निकासी खुलाउन माग गरे पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको नवलपुर ट्र्याक्टर समितिका अध्यक्ष गिरीले बताए । उनले मागको सम्बोधन नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । प्रहरीले ट्र्याक्टर व्यवसायीलाई तारो बनाएर नियन्त्रणमा लिने गरेको, स्टक सामग्री ढुवानी गर्दा पनि समातेर जरिवाना तिराउने गरेपछि आन्दोलनमा उत्रिएको जनाएका छन् । उनीहरूले व्यवस्थित रूपमा खोलालाई टेन्डर लगाई नदीजन्य वस्तु गिटी, बालुवा, ढुंगा निकासी दिनुपर्ने, खोला टेन्डर खोलेको समय स्टक राखेको सामग्री निर्बाध ढुवानी गर्न दिनुपर्नेलगायत माग राखेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments