Incident Reports

रक्सी खाएर कुट्दा छिमेकीको मृत्यु

2017-09-10

Sudurpashchim, Bajhang, Chabispathivera, Ward 3

छबीस पाथीभेरा गाउँपालिकामा रक्सी खाएर कुटपिट गर्दा एक जनाको ज्यान गएको छ । छबीस पाथीभेरा गाउँपालिका वडा नम्बर ३ का अम्मरबहादुर सार्कीले रक्सी खाएर कुटपिट गर्दा त्यहीँका ३५ वर्षका झिमकिरे सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । आइबार राति दुईजनाबिच विवाद हुँदा २८ वर्षका अम्मरले छिमेकी झिमकीरेलाई कुटपिट गरी घाइते बनाएका थिए । रातको समय ठेला खोलामा रक्सी खाएर अम्मरले झिमकीरेलाई कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् । मरणासन्न हुने गरी कुटपिट गरेपछि झिमकीरे सार्कीका आफन्तले उनलाई बोकेर अम्मरको घरमा लग्दै गर्दा बाटोमा नै ज्यान गएको हो । के कारणले विवाद तथा झगडा भएको हो ? भन्ने एकीन भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । शव पोष्टमाटमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । अमरबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports