Incident Reports

कटेज होटलमा ४ जना युवामाथि खुकुरी प्रहार

2017-09-01

Gandaki, Tanahun, Byas, Ward 7

भदौ १६ गते व्यास–७ सत्रसयमा रहेको कटेज होटलमा ४ जना युवामाथि खुकुरी प्रहार भयो । व्यास–७ का चुनबहादुर गुरुङ, विजय जिसी, चन्द्र गुरुङ र व्यास–८ का चिमानसिंह गुरुङमाथि खुकुरी प्रहार भएको थियो । चिमानसिंह र चुनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ भने विजय र चन्द्र उपचारपछि घर फर्किएका छन् । घटनामा संलग्न टोले गुण्डा पहिचान हुँदा समेत प्रहरी प्रशासनले पक्राउ गर्न सकेको छैन । पीडित चिमानसिंहका अनुसार सोम गुरुङ, खेम गुरुङ र राजु गुरुङ लगायत ४/५ जना युवाले उनी र उनका साथीहरूमाथि खुकुरी, तरबार र रडले प्रहार गरेका थिए । खुकुरी प्रहारबाट चिमानसिंहको देव्रे हात र खुट्टामा गहिरो चोट लागेको छ । ‘कुनै गल्ती नहुँदा दादागिरी देखाएर एक्कासी खुकुरी हानेका हुन्,’ मणिपालमा उपचाररत चिमानसिंहले भने, ‘हातमा स्टील हालेको छ, अब ३ महिना जति केही गर्न मिल्दैन ।’ आफ्ना साथीहरूसँग भएको सामान्य विवादलाई ठूलो रूप दिएको उनले बताए । ‘शुक्रबार मेरा साथीहरू त्यही होटलमा हुँदा उल्टो त्यही केटाहरूले गाली गरेका थिए,’ उनले भने, ‘बेलुका साथी लिन जाँदा एक्कासी खुकुरी प्रहार गरे ।’ तरकारी व्यवसाय गरेर परिवार पाल्ने चिमानसिंहले अब आम्दानीको बाटो रोकिएको दुखेसो पोखे । ‘घरमा मैले काम गरेर आमाबुवा, श्रीमती, दुई छोरी र एक छोरा पाल्नुपरेको छ,’ उनले भने, ‘कमाउने हातनै यस्तो बनाइदिए ।’ घटनामा संलग्न व्यक्तिको नाम किटेर प्रहरीकहाँ उजुरी गरेको उनले बताए । ‘प्रहरीले पक्राउ गरेर उचित क्षतिपूर्ति समेत दिलाउनुपर्छ,’ उनले भने, ‘पछिल्लो समय यस्तो घटनाले तनहुँमा निकै डर फैलाएको छ ।’ तनहुँमा गएको वर्षयता हत्या र खुकुरी प्रहारका दर्जनौं घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको मुद्दा विवरण हेर्दा हत्याको घटना ६ वटा दर्ता भएर मुद्दा चले भने खुकुरी र छुरा प्रहार गरी ज्यान मार्ने उद्योगमा ६ वटा मुद्दा दर्ता भएको छ । ५ दिनयता भएका दुई घटनाबाहेक अन्यमा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गरेर अदालत पुर्‍याए पनि धरौटीमा छुट्न सफल भएको पीडितहरू बताउँछन् । राजनीतिक पहुँच र पैसा आडमा उनीहरू छुट्ने गरेको पीडितहरूको भनाइ छ । ४ महिनायता हेर्ने हो भने खुकुरी प्रहारको घटना ६/७ वटा भएका छन् । जेठमा मात्रै ४/५ वटा घटना भए, तीमध्ये ३ वटा मात्र प्रहरीकहाँ पुग्यो मुद्दापनि दर्ता भयो तर अभियुक्तहरू धरौटीमा सजिलै छुटे । ‘जति पनि घटनामा संलग्न छन् ती सबै पटके हुन्,’ स्रोतले भन्यो, ‘गुण्डागर्दी तह लगाउने जिम्मा प्रहरीको होइन ? ४ दिनमा भएको २ घटनामा संलग्न टोले गुण्डाबारे सबै प्रहरी प्रशासनलाई थाहा छ तर पक्राउ गर्न सकेको छैन।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , Local Newspaper - Kaski

0 Comments

Related Reports