Incident Reports

Loader torched at crusher plant site

2017-09-14

Madhes, Mahottari, Bardibas

A parked loader, owned by a crusher company in Bardibas, Mahottari, was set on fire on Wednesday night. Pradip Khadka, the company owner, said the loader was parked at their operation site when it was torched by an unidentified group during night. Police are investigating into the case. (PR) अज्ञात समूहले यहाँको एक कंक्रिट उद्योगमा बुधबार राति आगजनी गरेको छ । मध्य राततिर आएको समूहले बर्दिवास नगरपालिका-२ स्थित हङकङ डाडाँमा सञ्चालित सोनामाई कंक्रिट उद्योगको भ्याकुम लोडरमा आगो लगाएको प्रहरीले जनाएको छ । उद्योग सञ्चालक प्रदीप खड्काकाअनुसार आगजनीबाट ६० लाखबढी मूल्यको क्षति पुगेको छ । सुरक्षा दृष्टिले अति संवेदनशील बर्दिवासमा निर्वाचनको संघारमा आएर गराईएको आगजनीलाई अर्थपूर्ण र सुरक्षा चुनौतीको रुपमा हेरिएको छ । उद्योगमा कार्यरत १० जना कामदार क्रसर परिसरकै क्वाटरमा आराम गर्न गएको मौका पारि राति डेढ बजेतिर पेट्रोल छर्केर आगो लगाएका उद्योगका स्टाफ दामोदर भण्डारीले जनाए । कामदारले आगो दन्किएपछि मात्र थाहा पाएका थिए । डिजल ट्यांकीमा नै आगो सल्किएकोले उनीहरुले प्रयास गर्दा पनि आगो नियन्त्रणमा लिन नसकिएको जनाए । उद्योगका म्यानेजर रामकुमार भुजेलकाअनुसार ट्यांकीमा १ सय ३० लिटर जति डिजेल रहेको बताए । घटनालगत्तै पुगेको प्रहरीको प्रयास लेसमेत आगो नियन्त्रण हुन सकेन र पूर्ण क्षति भएको भुजेलले जनाए । आगलागी नियन्त्रण हुन नसकदा २ महिनाअघि मात्र खरिद गरिएको २ घनमिटर क्षमताको भ्याकुम लोडरलगाएतका सामान जलेर नष्ट भएको छ । बर्दिवासमा हाल ८ क्रसर सञ्चालनममा छन् । स्थानीय तह निर्वाचनको घोषणा भएसँगै केही समूहले ५ देखि १० लाखसम्म रकमै किटेर चन्दा माग गर्दै आएको र मागेबमोजिम दिन असमर्थता जनाएपछि कारबाही स्वरुप आगजनी गरिएको जनाइएको छ । बर्दिवास प्रहरीका डिएसपी प्रवीण पोखरेलले घटनास्थलबाट बरामद सबुत प्रमाणको आधारमा आगजनीमा संलग्नको खोजतलास सुरु गरिएको जनाए । पोखरेलकाअुसार वरामद प्रमाणले घटना अनुसन्धानमा सहयोग पुगेको छ । अघिल्ला निर्वाचनका बेलासमेत उक्त क्रसरमा पटक पटक विस्फोट लगाएत भौतिक सामानमा क्षति पुर्‍याइएकाले यसको पनि सघन अनुसन्धान थालिएको डिएसपी पौडेलले जनाए । ‘घटना श्रृङखलावद्धरुपमा घटदै आएको पाइएको छ,’ पौडेलले भने, ‘यसको कारण पनि पइल्याउने प्रयास थालेका छौं ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Mahottari , INSEC

0 Comments