Incident Reports

अज्ञात समूहद्वारा कंक्रिट उद्योगमा आगजनी

2017-09-14

Madhes, Mahottari, Bardibas

(PR) अज्ञात समूहले यहाँको एक कंक्रिट उद्योगमा बुधबार राति आगजनी गरेको छ । मध्य राततिर आएको समूहले बर्दिवास नगरपालिका-२ स्थित हङकङ डाडाँमा सञ्चालित सोनामाई कंक्रिट उद्योगको भ्याकुम लोडरमा आगो लगाएको प्रहरीले जनाएको छ । उद्योग सञ्चालक प्रदीप खड्काकाअनुसार आगजनीबाट ६० लाखबढी मूल्यको क्षति पुगेको छ । सुरक्षा दृष्टिले अति संवेदनशील बर्दिवासमा निर्वाचनको संघारमा आएर गराईएको आगजनीलाई अर्थपूर्ण र सुरक्षा चुनौतीको रुपमा हेरिएको छ । उद्योगमा कार्यरत १० जना कामदार क्रसर परिसरकै क्वाटरमा आराम गर्न गएको मौका पारि राति डेढ बजेतिर पेट्रोल छर्केर आगो लगाएका उद्योगका स्टाफ दामोदर भण्डारीले जनाए । कामदारले आगो दन्किएपछि मात्र थाहा पाएका थिए । डिजल ट्यांकीमा नै आगो सल्किएकोले उनीहरुले प्रयास गर्दा पनि आगो नियन्त्रणमा लिन नसकिएको जनाए । उद्योगका म्यानेजर रामकुमार भुजेलकाअनुसार ट्यांकीमा १ सय ३० लिटर जति डिजेल रहेको बताए । घटनालगत्तै पुगेको प्रहरीको प्रयास लेसमेत आगो नियन्त्रण हुन सकेन र पूर्ण क्षति भएको भुजेलले जनाए । आगलागी नियन्त्रण हुन नसकदा २ महिनाअघि मात्र खरिद गरिएको २ घनमिटर क्षमताको भ्याकुम लोडरलगाएतका सामान जलेर नष्ट भएको छ । बर्दिवासमा हाल ८ क्रसर सञ्चालनममा छन् । स्थानीय तह निर्वाचनको घोषणा भएसँगै केही समूहले ५ देखि १० लाखसम्म रकमै किटेर चन्दा माग गर्दै आएको र मागेबमोजिम दिन असमर्थता जनाएपछि कारबाही स्वरुप आगजनी गरिएको जनाइएको छ । बर्दिवास प्रहरीका डिएसपी प्रवीण पोखरेलले घटनास्थलबाट बरामद सबुत प्रमाणको आधारमा आगजनीमा संलग्नको खोजतलास सुरु गरिएको जनाए । पोखरेलकाअुसार वरामद प्रमाणले घटना अनुसन्धानमा सहयोग पुगेको छ । अघिल्ला निर्वाचनका बेलासमेत उक्त क्रसरमा पटक पटक विस्फोट लगाएत भौतिक सामानमा क्षति पुर्‍याइएकाले यसको पनि सघन अनुसन्धान थालिएको डिएसपी पौडेलले जनाए । ‘घटना श्रृङखलावद्धरुपमा घटदै आएको पाइएको छ,’ पौडेलले भने, ‘यसको कारण पनि पइल्याउने प्रयास थालेका छौं ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Mahottari , INSEC

0 Comments