Incident Reports

अज्ञात समूहद्वारा गोली प्रहार दुई घाइते l

2013-06-16

Madhes, Mahottari, Manra Siswa

महोत्तरी/धनुषा । ०७० असार २ गते मनरा गाविस-८ का ३९ वर्षीय शैलेन्द्र मण्डल र १९ वर्षीय विकासकुमार सिंहलाई असार २ गते अज्ञात समूहले गोली हानी घाइते बनाएको छ । घरनजिकैको बजारमा रामदयाल महतोको चिया पसलमा बसेर चिया खाँदै गरेका दुवैलार्इ अनटेष्ट लेखिएको रातो रंगको डिस्कभर मोटरासाइकलमा चढी आएको अज्ञात समूहले गोली प्रहार गरेको हो । सिंहलाई पेटमा गोली लागेको छ भने मण्डलको दाहिने खुट्टामा गोली लागेको र उनीहरूको उपचार जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइते भएका सिंह रणभीम गुल्म महेन्द्रनगर नेपाली सेनाको जवान पदमा छनौट भएका प्रतिनिधि हुन भने मण्डल जलेश्वरस्थित राजकुमार मिठाइ पसलका कामदार रहेका छन् । सिंह १० गते सेनाको सिन्धुलीमा रहेको गणमा तालिममा जाने तयारीमा रहेको सीमा सुरक्षा कार्यालय महोत्तरीका सशस्त्र प्रहरीका एसपी कुमार न्यौपानेले वताए । न्यौपानेका अनुसार घाइते सिंहको भारतको सिरसीया भने गाउँका दुई जनासँग झगडा भएको र सोही निहुँमा उनीमाथि गोली प्रहार गरिएको आंशका गरिएको छ । घटनापश्चात सो क्षेत्रमा व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी पवन खरेलले बताएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis