Incident Reports

सिरहामा कांग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

2017-09-14

Madhes, Siraha, Golbazar

सिरहाको गोलबजारमा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा अज्ञात समूहले विहीबार बेलुका पेट्रोल बम प्रहार गरेको छ । गोलबजार नगरपालिका ७ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरिनारायण सिंह महतोको बीआरआईएएफ १६०५ नम्बरको स्कारपियो गाडीमा पेट्रोल बम प्रहार भएको हो । असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनको क्रममा प्रचारप्रसार गरी बेलुका कांग्रेस कार्यकर्ता प्रमोद सिंहको घरमा पार्किङ गरी राखिएको अवस्थामा गाडीमा पेट्रोल बम प्रहार भएको हो । बम प्रहारबाट मानवीय क्षति नभएपनि गाडीको गाडीको भाग जलेको छ । दुई जनाको समूहमा मोटरसाइकलमा आएका ब्यक्तिले पेट्रोल बम प्रहार गरी भागेको स्थानीयले बताए । बम कसले प्रहार गरेको खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए । घटनापछि प्रहरीले जिल्लाको सुरक्षा ब्यवस्था थप कडा पारेको छ । असोज २ गतेको निर्वाचनको सून्य समय शुरु हुनु भन्दा एक दिनअघि विस्फोटको घटना भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Siraha

0 Comments

Related Reports