Incident Reports

कपिलवस्तुका मालपोत कार्यालय प्रमुखमाथि आक्रमण

2017-09-15

Lumbini, Kapilbastu, Kapilbastu

कार्यालय समय सकिएर घर फर्कदै गर्दा जिल्ला मालपोत कार्यालयका प्रमुख ईश्वरीप्रसाद शर्मामाथि नचिनेका मान्छेको समूहले आक्रमण गरेको छ । तौलिहवा जितपुर सडक खण्डको पचेहरा र मर्थीको बिच सडकमा नचिनेका दुई जना मान्छेको समूहले शर्मामाथि अक्रमण गरेको हो । आक्रमणबाट शर्मा घाइते हुनुभएको छ । कार्यालय प्रमुख शर्मालाई मोटरसाइकल चलाएकै अवस्थामा लाट्ठी प्रहार गरिएको थिये । लाट्ठी प्रहारबाट शर्माको खुट्टा चोट लागेको छ । मोटरसाइकल अनियन्त्रित भई पल्टदा शर्मामाथि थप कुटपिट समेत गरेका प्रहरीले जनाएको छ । कार्यालय प्रमुख शर्माको हातमा चोट लागेको र अवस्था सामान्य नै रहेको प्रहरी नायव उपरीक्षक प्रह्लाद अधिकारीले बताउनुभयो । घटनामा संलग्नको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । आक्रमणको निन्दा गर्दै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समितिले आफ्नो गम्भीर ध्यानाआकर्षण भएको जनाएको छ । ट्रेड युनियनका जिल्ला अध्यक्ष खिमबहादुर जिसी र जिल्ला सचिव राजेन्द्र कुमार मिश्रले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा आक्रमणमा संलग्नको तत्काल पहिचान गरी कडा कारवाही हुनुपर्ने र राष्ट्र सेवक कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभुति गरिनु पर्ने स्थानीय प्रशासनसँग माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports