Incident Reports

कांंग्रेस वडाध्यक्ष उम्मेदवार कुटिए

2017-09-14

Madhes, Sarlahi, Haripur, Ward 7

(PR) राजपा कार्यकर्ताले कौडेना गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका मनोज साहलाई आक्रमण गरी घाइते बनाएका छन् । साहमाथि बिहीबार राति आक्रमण भएको हो । घरदैलो कार्यक्रम सकेर फर्कँदै गर्दा राजपा कार्यकर्ताले साहमाथि लक्ष्मीपुरमा आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका साहको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ । उनको अनुहार र निधारमा चोट लागेको आफन्तले जनाएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा सोही ठाउँका रामविनय साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । आक्रमणमा संलग्न अरू फरार रहेकाले खोजी भैरहेको उनले बताए । राजनीतिक कारणले साहमाथि आक्रमण भएको हुन सक्ने उनको भनाइ छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सर्लाही कांग्रेस सभापति नागेन्द्र रायले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports