Incident Reports

No translation available.

2017-09-15

Sudurpashchim, Achham, Sanphebagar

कानुनी रुपमा दण्डित र सामाजिक कुसंस्कार छाउपडी कुप्रथा अन्त्य गर्न अछामका महिलाहरूले अभियान थालेका छन्। महिला तथा बालबालिकाको समग्र स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण, सामाजिक र सांस्कृतिक रुपमा कलंकित तथा जिल्लाकै बेइज्जत गराउने छाउपडी कुप्रथा अन्त्य गर्न केही गाउँका महिलाहरूले अभियानकै रुपमा अगाडि बढाएका हुन्। जिल्लाको साँफेबगर नगरपालिका-१० घुघुरकोट र वडा नम्बर ११ देवीस्थानका महिला छाउपडी कुप्रथा हटाउने अभियानमा जुटेका हुन्। छाउपडी कुप्रथा नै समाजको सबैभन्दा प्रमुख समस्या रहेको निष्कर्ष निकाल्दै वडा नागरिक मञ्चको नेतृत्वमा महिलाले अभियान थालेका हुन्। साबिकको गाविसका प्रत्येक वडाबाट महिला छाउपडी कुप्रथाविरुद्धको अभियानमा सहभागी भैरहेका छन्। महिलाले थालेको अभियानमा स्थानीय जनप्रतिनिधिको समेत सहभागिता रहेको खप्तडपाटन नागरिक सचेतना केन्द्र देवीस्थानका संयोजक हस्तना खातीले जानकारी दिए। छाउपडी कुप्रथाविरुद्ध सामाजिक अभियानअन्तर्गत पहिलो चरणमा दुवै वडा अर्थात् साबिकाको दुवै गाविसका सबै वडाका महिलाको सहभागितामा हालै मात्र छाउपडीविरुद्ध सचेतनामूलक र्‍याली निकालिएको छ। अभियानको पहिलो उद्देश्य निर्वाचित जनप्रतिनिधिलाई छाउपडी कुप्रथा हटाउनु पर्छ भन्ने जिम्मेवारी बोध गराउनु पनि रहेको सामाजिक विकास कार्यक्रमका फिल्ड सुपरभाइजर दुधकला बिष्टले जानकारी दिए। छाउपडी कुप्रथा सामाजिक कुसंस्कार भएकाले यसको अन्त्य गर्नु आवश्यक भएको बुझेर महिला स्वफूर्त रुपमा यो अभियानमा लागेको बिष्टले बताए। सामुदायिक विकास कार्यक्रमले अभियानमा सहजीकरण गरिरहेको छ। महिलाहरूले सुरु गरेको अभियानमा सम्बन्धित वडाका जनप्रतिनिधिको समेत सक्रिय सहभागिता हुने गरेको छ। अभियानमा सहभागी देवीस्थानका वडा अध्यक्ष गणेशबहादुर खड्काले वडालाई छाउपडी गोठमुक्त वडा बनाउने अभियान सञ्चालन गरिने प्रतिबद्धता जनाए। छाउपडी कुप्रथाविरुद्ध अभियानलाई कडाइपूर्वक सञ्चालन गरिने भन्दै वडा अध्यक्ष खड्काले आफूले महिनावारी भएका बेला महिलालाई पहिलेदेखि नै घरमै राख्दै आएकोमा अब महिनावारी भएका महिलाको हातबाट खाना पकाएर खान सुरु गर्ने प्रतिबद्धता पनि जनाए। यसअघि छाउपडी कुप्रथासम्बन्धी धेरै अभियान सञ्चालन गरिए पनि जनप्रतिनिधि नभएको अवस्थामा त्यस्ता अभियान सार्थक हुन नसकेका र अब भने अभियान सार्थक हुने विश्वास सरोकारवालाले लिएका छन्। नागरिक सचेतना केन्द्रकै योजना अनुसार प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा तथा बाँकी सदस्यको संयोजकमा अन्य टोलमा पनि अनुगमन समिति गठन गरी छाउपडी कुप्रथाविरुद्ध अभियान प्रभावकारी सञ्चालन गरिने बिष्टले जानकारी दिए। यसअघि चुनावका बेला सबै पार्टीका अधिकांश उम्मेदवारले समाजमा व्याप्त छाउपडी कुप्रथा, बालविवाह, बहुविवाहजस्ता सामाजिक कुरीति, कुसंस्कारको अन्त्य गर्ने प्रतिबद्धता जनाएकामा निर्वाचित भइसकेपछि उनीहरूमाथि छाउपडी कुप्रथा कुसंस्कार अन्त्य गर्नुपर्ने पहिलो नैतिक दायित्व तथा दबाब छ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis