Incident Reports

माओवादीद्वारा जग्गा कब्जा l

2013-06-12

Narayan Parajuli नवलपरासी । ०७० असार १ गते मोहन वैद्य (किरण) ले नेतृत्व गरेको नेकपा माओवादीले अग्यौली गाविस-४ गुणारमा रहेको गुठीको ३२ बिघाहा जग्गा जिल्ला अखिल क्रान्तिकारी किसान सँघका जिल्ला अध्यक्ष यमप्रसाद ढकालको नेतृत्वमा रहेको समूहले झण्डा गाडेर कब्जा गरेका छन् । रामलक्ष्मण गुठीको नाममा रहेको उक्त जग्गामा जेठ २९ गते झण्डा गाडी कब्जा गरेको जानकारी लिने क्रममा राष्ट्रिय अनुसन्धान आयोग, इलाका प्रशासन कार्यालयमा कार्यरत सई अमृत सुवेदीले इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीलाई जेठ ३० गते बताएका छन् । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis