Incident Reports

आचारसंहिता विपरीत शक्तिपिठमा चुनावी सभा

2017-09-15

आगामी स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन भदौ ३० गते अपरान्ह नेपाली काङ्ग्रेसले प्रसिद्ध शक्तिपिठ छिन्मस्ता भगवती मन्दिरमा नै चुनावी सभा आयोजना गरेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री रामशरण महत, सांसद रञ्जित कर्ण, जिल्ला सभापति दिनेशकुमार यादव, सचिव रामकुमार यादवलगायत उम्मेदवारहरूले मन्तव्य दिएका थिए । सहभागी कतिपय नेताहरूले चुनाव चिन्ह अङ्कित गम्छा भिरेका थिए । निर्वाचन आचारसंहिता-२०७२ को परिच्छेद २ को ४ (ज) मा कुनै मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च वा धार्मिक स्थल प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न गराउन नहुने उल्लेख छ । यसैगरी अन्य दलहरूले झै नेकपा (एमाले) ले भदौ ३० गते साँझ राजविराजमा मोटरसाइकल र्‍याली निकालेर नगर परिक्रमा गरेको छ । निर्वाचन आचारसंहिता-२०७२ को परिच्छेद २ को ५ क (१३) मा निर्वाचन प्रचारप्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसमान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरूगाडा जस्ता सवारी साधनको र्‍याली गर्न गराउन नहुने उल्लेख छ ।

0 Comments

Related Reports