Incident Reports

भोज खान र इच्छाविपरीत मतदान गर्न अस्विकार गरेपछि कुटपिट गरेको आरोप

2017-09-13

Madhes, Saptari, Shambhunath

रूपनी गापा-६ तेरहौता टोलकी एकल महिला ५५ वर्षीया फुलोदेवी सदालाई सोही ठाउँ बस्ने उनका दाजु ६५ वर्षीय बासु सदाले भनेको चुनाव चिन्हमा मतदान गर्न तयार नभएको आवेगमा भदौ २८ गते राति कुटपिट गरी घाइते बनाएको पीडितको आरोप छ । राजविराजस्थित गजेन्द्र्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि पीडितको उपचार हाल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । मुसहर समुदायकी दलित एकल महिलाको आर्थिक स्थित कमजोर रहेकाले उपचारका लागि लाग्ने खर्चको व्यवस्था हुन नसक्दा समस्यामा परेको घाइतेको परिवारका सदस्यले बताएका छन् । कुटपिटबाट पीडितको गोडाको हड्डी निस्किएको स्थानीय उपेन्द्र साहले बताए । पीडित महिलाकी बुहारी रेमनीदेवी सदाले स्वविवेकले दिन पाइने मतदानमा समेत बन्देज लगाउने वा दबाव दिने कार्य गलत भएको भन्दै इच्छाविपरीत मतदानका लागि वाध्य पार्ने र कुटपिट गरी घाइते बनाउने आरोपितलाई कारबाही हुनुपर्ने माग गरिन् । तेरहौता गाउँमा नेपाली काङ्ग्रेस पार्टीको चुनावी भोज खाएर फर्केका आरोपित बासु सदाले बहिनीलाई पनि भोज खान र मतदान गर्न दिएको दबाव अस्विकार गरेपछि दाजुले निर्घात कुटपिट गरी घाइते बनाएको पीडितले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments

Related Reports