Incident Reports

राजपा नेतासँग निर्वाचन आयोगद्वारा स्पष्टिकरण माग

2017-09-17

Madhes, Parsa, Jagarnathpur

 जगन्नाथपुर गाउँपालिका घर भएका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णलाई मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले असोज १ गते स्पष्टिकरण सोधेको छ । उनको घरसमेत रहेको जगन्नाथपुर गाउँपालिका-६ का राजपाका वडाअध्यक्ष पदका उम्मेदवार सहित १ सय जनाभन्दा बढी कार्यकर्तासहित मौन अवधिमा जनतासँग मत माग गर्दै गरेको हुँदा निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै सुक्ष्म अनुगमन टोलिले फेला पारेपछि सबै जना तितरवितर भएका थिए । असाज २ गते प्रदेश नं. २ मा हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आचारसंहिता उल्लङ्घन गरेकोले वडाअध्यक्ष पदका उम्मेदवारको उम्मेदवारी किन रद्ध नगर्ने ? भनी २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आयोगले निर्देशन दिएको हो ।

0 Comments

Related Reports