Incident Reports

दार्चुलामा ५० घर टहरा बाढीले बगायो, सयौं परिवार बिस्थापित l

2013-06-17

सुदरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडीमा तीन दिनदेखिको अविरल वर्षाका कारण यसपटक वर्षायाम सुरु हुनु अगावै पहिलो पटक महाकालीमा भीषण बाढी आएको छ । महाकालीमा आएको बाढीले पहाडी जिल्ला दार्चुलादेखि तराईको कञ्चनपुरसम्म र डडेलधुराको भित्रि मधेस जोगबुढा क्षेत्रका नदी किनारको जनजीवन प्रभावित भएको छ । महाकालीको बाढी दार्चुला सदरमुकामको नदी किनारका बस्तीमा पसेर ५० बढी घर बगेको छ । सदरमुकाममै बाढी पसेपछि त्यहाँको जनजीवन अस्तब्यस्त भएको छ । आइतबार राति खलंगा- ५ बागाबगरको हाटबजारमा पहिलो पटक नदी पसेको हो । बागाबगड सुकुम्वासी बस्तीका १७ घरटहरा बाढीले बगाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis