Incident Reports

काँग्रेस कार्यकर्ताले मतगणना स्थलमै एमाले उम्मेदवारको टाउको फुटाए

2017-09-19

Madhes, Rautahat, Brindaban

६ का उम्मेवदार धर्मेन्द्र पटेल र एमाले कार्यकर्ता सुनिल पटेलको टाउको फुटेको छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचार भइरहेको छ। मत गणनास्थल बाहिर होहल्ला भएपछि मतगणना गरिरहेका काँग्रेस एमालेका प्रतिनिधि बाहिर आएका थिए। बुथ प्रतिनिधिले मतगणनास्थ छोडेर बाहिर आउँदा केहीबेर मतगणना कार्य रोकिएको वृन्दावन नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले नागरिकन्युजलाई बताए। ‘म आफ्ना उम्मेदवारलाई भेट्न जाँदा काँग्रेस कार्यकर्ताले अवरोध गरी आक्रमण गरेका दुई जना कार्यकर्ताको टाउको फुटाइदिएका छन्’, सांसद भट्टराईले नागरिकन्युजसँग भने। उम्मेदवार पटेल र सुनिललाई कुट्न थालेपछि प्रहरीले सांसद भट्टराईलाई सुरक्षित स्थानमा लगेर जोगाएको थियो। निर्वाचन अधिकृत उपाध्याय घिमिरेले मतगणना बाहिर होहल्ला हुँदा अवरुद्ध भएको मतगणना अहिले सुचारु भइसकेको बताए। काँग्रेसका जिल्ला सभापति रामकृष्ण यादबले मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधि जानुपर्नेमा सांसद अाफैँ जान खोज्दा अाफ्ना कार्यकर्ताले अवरोध गरेको बताए। 'हाम्रा कार्यकर्तामाथि प्रहरी लगाएर लाठी चार्ज गराउने काम भयो। दुई कार्यकर्ता घाइते छन्', उनले भने। कुटपिटको विरोधमा मतगणनास्थल वरपरका स्थानीय अाक्रोशित भएका छन्। काँग्रेस कार्यकर्ताले सांसदलाई लक्ष्यित गर्दै आक्रमण गरेको खबर थाहा पाएपछि जिल्लाका सुरक्षा प्रमुखहरुले गम्भीरतापूर्वक लिएको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Rautahat

0 Comments

Related Reports