Incident Reports

विवेकशीलका कार्यकर्तालाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट

2017-09-18

Gandaki, Syangja, Chapakot, Ward 8

विवेकशील साझा पार्टी स्याङ्जाका कार्यकर्ता चापाकोट नपा-८ का २६ वर्षीय बन्दु घिमिरेलाई नेपाली काङ्ग्रेसका कार्यकर्ता निर्मल राना, विश्वास पुरी, जीवन गुरुङ लगायतले कुटपिट गरेको पीडित पक्षको आरोप छ । पीडितहरूमध्ये घिमिरेलाई असोज २ गते र कुँवरलाई असोज ३ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपिटका कारण घाइते भएका घिमिरेका अनुसार कुटपिट भए लगत्तै उनी इलाका प्रहरी कार्यालय रत्नपुर प्रहरी चौकिमा निवेदन दिएर घर गएका थिए । असोज २ गते राति नै नेपाली काङ्ग्रेसका कार्यकर्ताले निवेदन फिर्ता लिन दबाव दिँदै निवेदन फिर्ता नलिए ज्यान मार्ने धम्की दिएको पीडित घिमिरे बताए । कुटपिटमा संलग्न मध्ये आरोपित जीवन गुरुङलाई भदौ ३ गते गिरफ्तार गरी वडा प्रहरी कार्यालय वालिङमा राखिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रकाश विष्टले बताए । कुटपिटका कारण घाइते भएकाको उपचार काठमाडौँमा भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments