Kathmandu Chapter of Federation of Nepali Journalists (FNJ) has demanded action against the guilty, condemning the attack on journalist Bhawana Bidrohi on Wednesday night.
Issuing a press release on Thursday, Chapter secretary Mohan Prasad Panta demanded action against Suresh Basnet who involved in the attack.
Police have already arrested Basnet. Bidrohi is the editor of ‘Bidroha’ weekly. She received injuries on head and face.
Bidrohi is receiving treatment at Bir Hospital Trauma Centre, said Chapter President Shantaram Bidari.
नेपाल पत्रकार महासङ्घकी केन्द्रीय पार्षद् भावना विद्रोहीलाई काठमाडौँको बागबजारमा अज्ञात समूहले कुटपिट गरेको पीडित पत्रकारले बताएकी छन् ।
असोज ४ गते राति १० बजे काम सकेर बागबजार स्थित डेरामा जाँदै गर्दा बाटोमा रहेका केही नचिनेका मान्छेले आक्रमण गरेको पत्रकार विद्रोहीले बताइन् ।
नयाँ विद्रोह साप्ताहीककी प्रकाशक एवम् सम्पादकसमेत रहेकी पत्रकार विद्रोहीको उपचार वीर अस्पतालमा भइरहेको छ । पत्रकार विद्रोहीको नाक, मुख, टाउकोलगायत शरीरको विभिन्न अङ्गमा गम्भिर रूपमा चोटपटक लागेको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी अपिल बोहराले पत्रकार विद्रोहीलाई कुटपिट गर्नेहरूको खोजीका साथै घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले पत्रकार विद्रोहीलाई कुटपिट गर्ने व्यक्तिको तत्काल खोजी गरी कानुन अनुसार कडा कारबाही गर्न माग गरेको छ । शाखाका अध्यक्ष शान्तराम बिडारीले पत्रकारहरूलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा समाचार रिपोर्टिङ् गर्न पाउनुपर्ने माग गर्दै पीडित पत्रकारलाई न्याय दिन सरकारसँग माग गरेका छन् ।