Incident Reports

भारतको सीमा नाकामा तस्कर र सुरक्षाकर्मी बीच झडप

2017-09-24

नवलपरासीको सीमावर्ती नाका महेशपुरमा कपडा तस्कर र सुरक्षाकर्मीबीच आईतबार बिहान झडप भएको छ । सीमा नाकामा रहेको भारतीय बजार ठूठीबारीबाट भन्सार छलेर कपडा ल्याउँदै गरेको सुराकी पाएर पुगेको राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रिय कार्यालय बुटवलको टोलीले कपडा पक्राउ गर्ने क्रममा तस्कर र सुरक्षाकर्मीबीच झडप भएको हो । टोलीमा सुरक्षार्कीसहित सात जना कर्मचारी थिए । उक्त टोली माथि तस्करहरुले स्थानीयलाई प्रयोग गरेर जाई लागेपछि कर्मचारी र सुरक्षाकर्मीहरु भागेका थिए । सो क्रममा पीक अप भेनमा रहेका गाँठ (कपडाका ठूला पोका )लाई तस्करहरुले धानबारीमा लुकाएका थिए । सशस्त्र र प्रहरीको थप सुरक्षा बल पुगेपछि धानबारीमा लुकाएर राखेका तीन वटा गाँठलाई बरामद गरिएको राजश्व अनुसन्धान कार्यालयका सशस्त्र नायब उपरीक्षक विकास अर्यालले बताए । करिब ५ भन्दा बढी कपडाका गाँठहरु रहेपनि केही गाँठ भने तस्करहरुले लुकाएको स्थानीयले बताएका छन् । कपडा बरामद गरिए पनि तस्करी कार्यमा प्रयोग भएको पिक अप भ्यान भने पक्राउ गर्न सकेको छैन । बरामद भएको कपडा करिब तीन लाख बढीको भएको अनुमान छ । सीमा क्षेत्रमा रहेका प्रहरीहरुको मिलमतोमा महेशपुर नाकाबाट दिनहुँजसो कपडा, मोटरपार्टस र कुखुराका चल्लाहरु तस्करी हुने गरेको आरोप आईरहेका बेला राजश्व गस्ती टोली उक्त सामान बरामद गरेको हो । बरामद गर्ने क्रममा आएका तस्कर र उनीहरुले प्रयोग गरेका केही स्थानीयले सशस्त्र र प्रहरीलाई लाईन खुवाएर (मासिक रुपमा रकम बुझाउने) काम गरेको भन्दै बुटवलबाट आएको टोली माथि आक्रोशित बनेका थिए । सुरक्षाकर्मीसँग झडप भएकोबारे अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक अर्यालले केही बेर तस्करहरुसँग ठेलाठेल भएको बताए । सीमा नाकामा रहेका प्रहरीहरुको मिलमतोमा तस्करी भएको आलोचना बढेपछि बुटवलको टोलीले प्रहरीले नै तस्कर भगाउन सक्ने भन्दै अकस्मात उक्त स्थानमा पुगेर कपडा बरामद गरेको थियो । जिल्ला प्रहरी उपरीक्षक मुकुन्दराज आचार्य र शसस्त्र प्रहरी उपरीक्षक विरेन्द्रराज श्रेष्ठले राजश्वको टोलीले आफूहरुसँग समन्वय नगरी गएकाले झडपको स्थिति सृजना भएको बताए । समन्वय भएको भए तस्करहरु समेत पक्राउ पर्ने उनीहरुको दाबी छ । झडप भएको स्थान नेपाल प्रहरी, छोटी भन्न्सार कार्यालय तथा सशस्त्रको अस्थायी पोष्ट तीन सय मिटरको दुरीमा छ । कपडामा प्रयोग भएको सवारीसाधन प्रहरीले नै भगाएको भन्दै भ्यानसँगै तस्करहरु पक्राउ गर्न सके उक्त नाकाबाट चोरी कार्यमा कमि आउने स्थानीयले विश्वास लिएका छन् । दशैं नजिकिएसँगै महेशपुर, भूजहवा, गुठिप्रसौनी, त्रिवेणी, झोलनीपुरलगायतका नाकाबाट कपडालगाएतका सामानको तस्करी बढेको छ । तस्करहरुले त्यस क्षेत्रमा गोदाम बनाएर राख्ने गरेका छन् । जुन गोदाममा दिनभर भारतबाट सामान ल्याएर राख्ने र प्रहरीको मिलमतोमा दिउँसै तस्करी गर्ने गरेको स्थानीयले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media

0 Comments

Related Reports