Incident Reports

रातभर यातनासँगै करेन्ट लगाएर श्रीमतीको हत्या

2017-09-25

Madhes, Siraha, Dhangadhimai, Ward 2

Durga Pariyar रातभर यातना दिनुका साथै करेन्ट लगाएर सिरहामा एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन् । धनगढीमाई नपा २ भवानीपुरका ज्ञानेन्द्र चौधरीले आफ्नै २४ वर्षीया श्रीमती मञ्जु कुमारी चौधरीको हत्या गरेका हुन् । विहे गरेको ६ महिना नपुग्दै ज्ञानेन्द्रले श्रीमतीको हत्या गरेका छन् । ज्ञानेन्द्रकी छिमेकी सरोवती चौधरीले श्रीमान–श्रीमतीबीच झगडा भइरहने गरेको आफूलाई थाहा भएपनि हत्याबारे केही जानकारी नभएको बताइन् । सोमबार राति ज्ञानेन्द्र मदिराले मातिएर हिड्नै नसक्ने अवस्थामा रहेको सरोवतीले जानकारी दिइन्। हत्या गरिएकी मञ्जुको शरीरभरी निलडाम देखिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेश सुवेदीले बताए । ‘मञ्जुको शरीरमा रड तातो पारेर डामेको देखिन्छ । शरीरभरी निलडाम छ । रातभर यातना दिनुकासाथै करेन्ट समेत लगाएर हत्या गरेको देखिन्छ ।’ डिएसपी सुवेदीले भने हत्यामा संलग्न भएको आरोपमा श्रीमान ज्ञानेन्द्र चौधरीसँगै उनका बुवा महेन्द्र चौधरी र आमा राधा चौधरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। ज्ञानेन्द्रले श्रीमतीले गहना किनिदिन भन्दै सधैं किचकिच गर्ने गरेकोले हत्या गरेको भनी बयान दिएपनि हत्यकाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी सुवेदीले बताए । ज्ञानेन्द्रले डेढ बर्ष अगाडी पहिलो विहे गरेका थिए । तर पटक पटक यातना दिएकै कारण पहिलो श्रीमतीले उनलाई छाडेर हिडेको छिमेकीहरुले बताएका छन् । ६ महिनाअघि लाहान नगरपालिका–१५ की शोभापुरकी मञ्जुसँग दोस्रो विहे गरेका थिए । ‘छोरी माग्न आउँदा राम्रैसँग राख्छु भनेको थियो । तर बिहे भएको ६ महिना नबित्दै मेरी छोरीको हत्या गरिदियो’, मञ्जुकी आमा चन्दर चौधरीले भकानिदै भनिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments