Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2017-10-06

Gandaki, Lamjung, Sundarbazar, Ward 8

बहुविवाह गरेको आरोपमा प्रहरीले सुन्दरबजार नपा-८ बस्ने २८ वर्षीय यमबहादुर गुरुङ र कान्छी पत्नी १७ वर्षीया बालिकालाई असोज २० गते सोही ठाउँबाट गिरफ्तार गरेको छ । गुरुङकी १९ वर्षीया जेठी पत्नी मिनु तामाङ (गुरुङ)ले असोज १९ गते दिएको उजुरीको आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । आरोपितद्वयले तीन महिनाअघि विवाह गरी आफूलाई बेवास्ता गरेको भन्दै आरोपित गुरुङकी जेठी पत्नीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

0 Comments