At least seven children including 24 people were injured in a clash between the cadres of Democratic Forum and Nepali Congress on October 8.
The Forum accused Nepali congress cadres of attacking them while they were in a victory rally. Over the dispute of this issue, the clash started between the cadres.
Police had reached the incident site and controlled the situation however no one were arrested yet. SP Yagaya Binod Pokhrel of DPO Rautahat said that the accused are at large.
Bipin Gautam
रौतहटमा नेपाली काँग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच भएको कुटाकुटमा करिब २५ जना घाइते भएका छन्। रौतहटकोे इशनाथनगरपालिका वडा नम्वर ५ जोकहा टनेलानमा आइतवार राति नेपाली काँग्रेस र फोरम लोकतान्त्रिक नेपालको कार्यकताबीच झडप भएको हो।
चुनावको विषयमा विवाद हुँदा झडप भएको बताइएको छ। झडप हेर्न गएका स्थानीय सलाउद्दिन खानको ७ बर्षिाया छोरी आयसा खातुनको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य घाइतेलाई राति नै जिल्ला अस्पताल गौर पु¥याएर उपचार भइरहेको छ। गौर अस्पतालले गम्भीर घाइते बालिकालाई थप उपचारका लागि वीरगन्ज रेफर गरेको छ।
झडपको सूचना पाउनासाथ घटनास्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन भएको थियो। रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेल घटनामा संलग्नहरुको खोजी भइरहेको बताए।