Incident Reports

महिला भारतमा बिक्री गर्ने महिला थुनामा l

2013-06-18

Pratap Bista मकवानपुर । ०७० असार ४ गते मितीनीलाई भारतको वेश्यालयमा लगेर विक्री गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक महिलालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको ०७० असार ३ गतेको इजलासले भैँसे गाविस-८ की एक युवतीलाई भारतको वेश्यालयमा बिक्री गरेको आरोपमा हेटौँडा नगरपालिका-९ की ३९ वर्षीया गोरीमाया स्याङतानलाई थुनामा राख्ने आदेश गरेको हो । स्याङ्तानले १८ वर्षीया एक युवतीलाई २०५० माघ १० गते बीरगन्जमा घर हेर्न जाउँ भनेर फकाएर वीरगन्ज हुँदै भारत लगेर ३० हजार भारुमा बिक्री गरेकी थिइन् । पीडित युवतीले बिक्री भएको एक वर्षपछि जिल्ला प्रहरी कार्यालय हेटौँडामा दिएको उजुरीको आधारमा प्रहरीले स्याङ्तानलाई २० वर्षपछि गत महिनाको ४ गते गिरफ्तार गरेको हो । बीरगञ्ज पुर्‍याएर ती युवतीलाई लठ्याउने औषधी खुवाएर भारतको बर्म्बईको कोठीमा पुर्‍याएर बिक्री गरेको उजुरीमा उल्लेख छ । उनलाई वीरगञ्ज लैजाँदा गोरीमायाको पति पासाङ लामा पनि साथमा थिए । भारतको वेश्यालयबाट ११ महिनापछि भाग्न सफल ती युवतीले मितिनी गोरीमाया र पासाङको विरुद्धमा २०५१ चैत ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा प्रहरीले गोरीमायालाई गिरफ्तार गरेको हो । पासाङ लामा फरार छन् । प्रताप विष्ट

0 Comments