Incident Reports

न्यायको लागि दबाबमुलक र्याली

2017-09-26

Madhes, Parsa, Birgunj

घरेलु हिंसा र बोक्सीको आरोपमा हुने हिंसाका पीडित महिलालाई न्याय दिलाउने महिला अधिकारकर्मी राजकुमारी उपाध्यायलाई बोक्सीको आरोप लगाएर छिमेकीले कुटपिट गरेको बिरोधमा महिला अगुवाहरुले दबाबमुलक र् याली गरेका छन् । महिला पत्रकार समुह, जवाफदेहिताको लागि युवा अभियान, वीरगञ्ज महिला जागरण समाज, राईजिँग नेपाल, स्माईल नेपाल, सहयात्री समाज, महिला अधिकार मञ्च, सानो पाईला, मानव अधिकार संगठन पर्सा लगायत एक दर्जन भन्दा बढी संघसंस्थाले मंगलबार वीरगञ्जमा दबाबमुलक र् याली निकालेका छन् । वीरगञ्जको घण्टाघरबाट निस्केको र् यालीले दोषीलाई कारवाही गर, महिला हिंसा अन्त्य गर, महिला हिंसा अन्त्य गर, राजकुमारीलाई न्याय देउ लगायत नारा लगाउँदै जिल्ला प्रहरी कार्यलय पर्सामा पुगी पिडित अधिकारकर्मी उपाध्यायलाई दुव्र्यवहार गर्नेलाई कारवाही गर्न माग गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments