Incident Reports

पतिले कुटपिट गरेको भन्दै पत्नीद्वारा उजुरीl

2013-06-19

Province 1, Morang, Belbari

Dipen Neupane मोरङ । ०७० असार ४ गते हात्तीमुडा गाविस-६ की २५ वर्षीया सुशीला चौधरीलाई उनका पति ३० वर्षीय बेच्न चौधरीले घरायसी विवादमा असार ३ गते लाठीले कुटपिट गरी घाइते बनाए । उनले प्रहरीमा उजुरी दिएकी छन् । कुटपिटबाट पीडितको टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भयो । उनले जिल्ला प्रहरी कार्यालयमा असार ३ गते उजुरी दिइन् । आरोपितलाई प्रहरीले असार ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका असई चम्पा भुजेलले बताइन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis