Incident Reports

बालिकामाथि शिक्षकद्वारा कुटपिट l

2013-06-18

Manohar Kumar Pokharel सप्तरी । ०७० असार ४ गते रायपुर गाविस-७ निवासी नकटी रायपुर गाविस-४ स्थित बुधेश्वरी निमावि हरिरावामा कक्षा-७ मा अध्ययनरत १३ वर्षीया बालिका पिङ्की यादव असार ४ गते रायपुर गाविस-७ का शिक्षक देवनारायण साहले कुटपिट गर्दा बेहोस भएकी छन् । पिङ्कीको टाउको, गाला र पिठ्युँमा नीलडाम देखिएपछि तत्कालै उपचार्रार्थ राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ । अङ्ग्रेजी विषयका शिक्षक साहले अक्षर नराम्रो भएको भन्दै लाठीले ७/८ पटक टाउको, गाला, ढाडमा हानेको पीडितले बताइन् । पीडितकी बहिनीले शिक्षकको कुटाइबाट दिदी बेहोस भएको भन्दै घरमा खबर गरेपछि विद्यालय पुगेका पिङ्कीका बुबा बच्चालाल यादवलाई प्रधानाध्यापक कपिलदेव यादवले दुई झापड हिर्काएका थिए । कुटपिट गर्ने शिक्षक साहलाई कारबाही गर्न माग गर्दा प्रधानाध्यापक यादवले आफूलाई कुटपिट गरेको बच्चालालले बताए । बालिकामाथि कुटपिट भएको प्रधानाध्यापक यादव स्वीकार गरेका छन् । उनले आरोपित शिक्षकका बारेमा प्रतिक्रिया दिन चाहेनन् । जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले घटनाबारे आफूलाई जानकारी नभएको बताए । उजुरी आए छानविन पश्चात दोषी देखिए कारबाही गरिने उनको भनाइ छ । मनोहरकुमार पोखरेल

0 Comments