Incident Reports

माहिलामाथि निर्घात कुटपिट, न्यायका लागि प्रहरीमा उजुरी l

2013-06-17

Sudurpashchim, Baitadi, Dasharathchanda

Bibek Dhungana काठमाडौँ । ०७० असार ५ गते काठमाडौँ मनपा-२३ सङ्कटा घर भइ हाल सीतापाइला गाविसमा बस्ने २४ वर्षीया कुसुम ढुङ्गानलाई पति २५ वर्षीय अर्जुन ढुङ्गानाले असार ३ गते राति निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट कुसुमको आँखामा गहिरो चोट लागेको छ । उनको अनुहारमा नीलडाम र आँखा सुनिएको छ । पीडितले घटनाको बारेमा असार ४ गते महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा जाहेरी दिएकी छिन् । पतिले विगत ६ महिनादेखि साना-साना कुरालाई लिएर रिसाउने र आवेशमा आएर निर्घात कुटपिट तथा शारिरीक यातना दिने गरेको पीडित कुसुमले बताइन् । उनीहरूको ०६१ सालमा प्रेम विवाह भएको थियो । घटनामा सङ्लग्नलाई गिरफ्तार गरी कानुनी दायरामा ल्याइने सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis