Incident Reports

३० हजार घुस सहित वन रक्षक पक्राउ

2017-10-12

Lumbini, Bardiya, Rajapur

अख्तियार अनुसन्धान आयोगको टोलीले ईलाका वन कार्यालय,राजापुरका वन रक्षकलाई वुधवार घुस सहति पक्राउ गरेको छ। अख्तियार अनुसन्धान आयोग कोहलपुरस्थित सम्पर्क कार्यालयको टोलीले वन कार्यालयको परिसरवाट वन रक्षक सीताराम थारुलाई घुस सहित रंगेहात पक्राउ गरेको हो। सेवाग्राहीसँग घुस लिने क्रममा घुस सहति रंगेहात पक्राउ गरेको एसपि ईश्वर कार्कीले जानकारी दिए। उनका अनुसार अख्तियारको टोलीले थप अनुसन्धानको लागी थारुलाई नियन्त्रणमा लिएको छ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis