Incident Reports

No translation available.

2013-06-19

Bibek Dhungana काठमाडौँ । ०७० असार ६ गते एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा काठमाडौँ कीर्तिपुर नपा-४ घर भइ हाल थानकोट गाविस-८ बस्ने ५० वर्षीय राजकुमार महर्जन र पत्नी ४५ वर्षीया पार्वती साह महर्जनलाई महानगरीय प्रहरी वृत कालिमाटीले असार ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई जेठ २४ गते घरेलु श्रमिकको रूपमा राखेकोमा जेठ २५ गते राति आरोपित महर्जनले आफूलाई बलात्कार गरेको पीडितले बताइन् । पीडित बालिकाको असार ५ गते नै थापाथलीस्थित प्रसुति गृहमा उपचार गराइएको छ । स्वास्थ्य प्रतिवेदन भने आउन बाँकी रहेको प्रहरीले जनाएकोछ । आरोपित राजकुमारले पत्नी पार्वतीको मिलोमतोमा आफूलाई करकापमा पारी बलात्कार गरेको पीडितले जनाइन् । पीडितकी आमाले आजै कालिमाटी प्रहरी वृतमा सो घटनाको जाहेरी दिएकी छिन् । "थानकोटमा होटल रहेको कारण पीडित बालिकालाई अहिले देखिनै यौन क्रियाकलापमा संलग्न गराउँदा बालिकालाई बानी पर्ने हुन्छ र मेरो ग्राहक बढ्छ भन्ने सोचले मैले बलात्कार गरेको हुँ, भनी आरोपित राजकुमार महर्जनले बयानको क्रममा स्वीकार गरेको कालिमाटी प्रहरी स्रोतले जनायो । आरोपितहरूले मूलुकी ऐनको जबरजस्तीकरणी महलको १ नम्बर विपरीत कार्य गरेको हुनाले उनीहरूलाई जबरजस्तीकरणी सम्बन्धी मुद्दा दायर गरिने कालिमाटी प्रहरी वृत मुद्दा शाखाका सई हरिसिंह धामीले बताए । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis