Incident Reports

मन्त्रीलार्इ मोसो दल्न गएका विद्यार्थीको कर्मचारीसँग झडप

2017-10-13

Bagmati, Kathmandu, Kathmandu

शिक्षा मन्त्रालयका कर्मचारी र नौ विद्यार्थी संगठनहरुबीच झडप भएको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न पुगेका विद्यार्थीहरुलाई कर्मचारीहरुले रोक्न खोज्दा झडप भएको हो । नेविसंघ बाहेकका नौ विद्यार्थी संगठनहरु शुक्रबार ज्ञापनपत्र बुझाउने भन्दै ढाँटेर मन्त्रीको कार्यकक्षमा पुगेका थिए । त्यसलगत्तै उनीहरुले ढोका थुनेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग्दै नारावाजी गरेका थिए । शिक्षा विधेयकको नवौ संशोधन फिर्ता गर्नुपर्ने, बिभिन्न कलेजहरुलाई दिइएको सम्वन्धन खारेज गर्नुपर्ने लगायतका नारा विद्यार्थीहरुले लगाएका थिए । झण्डै आधा घण्टासम्म नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि विद्यार्थीहरु कार्यकक्षबाट बाहिरिएका थिए । कर्मचारीहरुले विद्यार्थीहरुलाई रोकेपछि झडप भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । बिहीबार बसेको नौ विद्यार्थी संगठनहरुको बैठकले शिक्षामन्त्री श्रेष्ठले नेपालको शिक्षा नीतिलाई तहस नहस गरेको आरोप लगाउँदै सार्वजनिक बहिष्कार गर्ने निर्णय गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments