Incident Reports

जनतान्त्रिकका कार्यकर्ताद्वारा एकजना सर्वसाधारण माथि गोली प्रहार l

2013-06-19

Madhes, Mahottari, Manra Siswa

Ishwori Kale महोत्तरी । ०७० असार ५ गते मनरा गाविस- ६ का ३६ वर्षीय अभयकुमार सिंहलाई बन्दको अवज्ञा गरेको भन्दै जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजनमुक्ति) समूहका कार्यकर्ताले असार ५ गते गोली हानी घाइते बनाएका छन् । जनकपुरबाट मोटरसाइकलमा घर आइरहेका सिंहलाई घर पुग्नै लाग्दा विपरीत दिशा तर्फबाट मोटरसाइकलमा आएका दुईजनाको समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । तिग्रमा गोली लागी घाइते भएका सिंहको जलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजनमुक्ति) समूहका जिल्ला कमाण्डर अभयमुक्तिले लिएका छन् । सञ्चारकर्मीलाई फोन गरी घटनाको जिम्मेवारी लिँदै अभयले आफ्नो पार्टी आव्हान गरेको धनुषा-महोत्तरी बन्दको अवज्ञा गरेकाले कारवाही स्वरूप गोली हानिएको बताए । पूर्वराजा ज्ञानेन्द्र शाहको असार ५ गते धनुषाको जनकपुर र असार ६ गते महोत्तरीको जलेश्वर र मटिहानी भ्रमणको कार्यक्रमलाई लक्षित गर्दै सो समूहले दुई दिने धनुषा र महोत्तरी बन्द आह्वान गरेको थियो । घटनापछि सो क्षेत्रमा एसपी पवन खरेल स्वयम्को नेतृत्वमा प्रहरी परिचालन भएको र घटनामा संलग्नको खोजबिन कार्यलाई ब्यापक बनाइएको एसपी खरेलले बताए । इश्वरी काफ्ले

0 Comments

Related Reports
Related Trend Analysis