Incident Reports

जग्गाको विवादमा दाजुभाइको हत्या

2017-10-14

Sudurpashchim, Bajura, Tribeni, Ward 8

त्रिवेणी नगरपालिका-८ कालापानीका गोरख गिरी र उनका सहोदर भाइ मोहन गिरीको परिवारबीच जग्गाको भागवण्डाको विषयलाई लिएर भएको पारिवारिक झगडामा मोहन गिरीका दुई छोराको शनिबार बिहान घरमै हत्या भएको छ । कान्छा छोरा नरेश घाइते छन् । घाइते नरेशको फालासैनमा उपचार भइरहेको छ । मोहनका जेठो छोरा ३२ वर्षीय अर्जुन र माइला २७ वर्षीय नौले गिरीको हत्या भएको हो । गोरखसहित उनका छोराहरु योगेन्द्र र दिनेशले खुकुरी र जिआई पाइपले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टले बताए । माइला नौलेको घटनास्थलमै मृत्यु भएको र जेठा अर्जुन गिरीको अछामस्थित बयालपाटा अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । हत्यामा संलग्न भएको आरोपमा मोहनसहित उनका तीन छोरा दिनेश, योगेन्द्र र गणेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुई दाजुभाइबीच वर्षौदेखि जग्गाको विवाद थियो । गत वर्ष पनि उनीहरुहरुबीच झगडा भएर जिल्ला प्रहरी कार्यालयमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 2
Total Injured 1
National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Jhapa , Local Newspaper - Dadheldhura

0 Comments

Related Reports