Incident Reports

बलात्कार प्रयास गर्ने विरुद्ध उजुरी l

2013-06-19

Suk Dev Chaudhary सुनसरी । ०७० असार ५ गते बबिया गाविस-९ खत्वे टोलकी एक २० वर्षीया दलित महिलालाई सोही ठाउँका २२ वर्षीय सिठरु भन्ने अजमुनि मियाँले बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार ५ गते उजुरी दिएको छ । त्यसैबीच, आरोपितलाई नियन्त्रणमा लिन स्थानीयबासी असार ४ गते उनको घर गएका थिए । स्थानीय औलिया मियाँले आरोपितलाई संरक्षण गरेको आरोप उनीहरुले लगाएपछि आरोपितपक्षका युवाहरुले आरोपितलाई नियन्त्रणमा लिन गएका स्थानीयवासीलाई आक्रमण गर्दा उनीहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जनकलाल चौधरीले आरोपितको खोजी भइरहेको बताए । घटनाको अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने इन्स्पेक्टर चौधरीले बताए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis