Incident Reports

पत्रकारहरु तत्काल रिहा‌‌इ हुनुपर्ने FNJ को माग

2013-06-22

काठमाडौँ । ०७० असार ७ गते समाचार लेखैकै भरमा नेपाली हेडलाइन्स डटकमका अनलाइनका पत्रकार सुशील पन्तमाथि महानगरीय प्रहरी परिसर हनुमानढोकाले असार ६ गते विद्युतीय ऐनअन्तर्गत मुद्दा दायर गरेको छ । पन्तले ०७० असार ६ गते हेडलाइन्स अनलाइनमा डिल्लीबजार स्थित रहेको कन्या स्कुलको ट्वाइलेटमा भान्टा भेटिएको भन्ने शीर्षकमा समाचार प्रकाशन गरेका थिए । पत्रकार पन्तको विषयमा अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसरका डिएसपी तथा प्रवक्ता चक्रबहादुर सिंहले जानकारी दिए । ऐक्स्ट्राखवर डटकमले सो समाचार केही दिन अघि प्रकाशित गरेको थियो । खबर प्रकाशित हुनासाथ कन्या क्याम्पसका प्रमुखले समाचारलाई लिएर प्रहरीमा उजुरी दिएका थिए । उजुरी पश्चात ऐक्स्ट्राखवर डटकमका पत्रकार पुरूषोतम कँडेललाई प्रहरीले बुटवलबाट गिरफ्तार गरी विद्युतीय ऐनअन्तर्गत मुद्दा चलाएको थियो । कँडेलले बयानका क्रममा प्रकाशित समाचार नेपाली हेडलाइन डटकमबाट साभार गरेको भनी बताएपछि पत्रकार सुशीललाई पनि प्रहरीले असार छ गते गिरफ्तार गरी मुद्दा दायर गरेको अपराध अनुसन्धान महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीले जानकारी दिए । यसैबीच पत्रकार पन्तको गिरफ्तारी प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । काउन्सिलले असार ७ गते जारी एक प्रेस विज्ञप्तिमा सो ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा प्रकाशित समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिनुका साथै अदालत समेत जान सकिने बाटाहरू रहेकोमा विभेदकारी रूपमा पत्रकार पन्तलाई गिरफ्तार गरिनु न्यायिक नभएको भन्दै उनको रिहाइको माग गरिएको छ । विवेक ढुङ्गाना

0 Comments